काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत सामाजिक रूपमा अनैतिक, अमानवीय र कानुनी रूपमा गम्भीर अपराध भएको बताएका छन्।‘छुवाछुतमुक्त राष्ट्र’ घोषणाको १६औँ वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले हरेक नागरिकलाई न्याय समानतासहितको मर्यादित जीवनका लागि अधिकार रहेको बताएका हुन्।उनले जातीय भेदभाव र छुवाछुतको व्यवहार सभ्य समाजको कलंकका रूपमा रहेको भन्दै प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रता अनुभूति हुनेगरी जिउन पाउनुपर्ने धारणा रा