चाडबाड नआउँदै महँगियो भान्सा

हरेक वर्ष चाडबाडमा महँगी बढ्ने गरेको छ । खाद्यवस्तुको माग बढेको मौका छोपेर व्यवसायीले मूल्य पनि बढाउँदै आएका छन् । तर अहिलेको बजारभाउ हेर्दा चाडबाडकै झल्को दिन्छ, जब कि दसैं आउन अझै दुई महिना बाँकी छ ।