मकैका झुत्ताले सजिएका मकवानपुरका घर (फोटो फिचर)

हेटौंडा : मकै उत्पादनमा मकवानपुरकै पकेट क्षेत्रको रुपमा रहेको हेटौंडाको पदमपोखरी, हटिया र हर्नामाडीलगायत स्थानमा यतिबेला मकै भाँच्ने चटारो छ।यहाँ सुकेका मकै भाँचेर पानीले भिजेको र चिसिएका घोगालाई झुत्ता बनाएर घरको बार्दलीमा झुण्ड्याइने गरिन्छ। यसरी मकै झुण्ड्याउँदा किराले नखाने र मकै वर्षभरि सुरक्षित रहने गर्छ। साथै मकैका झुत्ताले घर पनि आकर्षक देखिने गर्छ।