धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्तामा २ जना मात्र उपस्थित भएपछि राष्ट्रिय योजना आयोगको संयोजकत्वमा गठित अध्यक्ष छनोट सिफारिस समितिले उक्त प्रक्रिया शुक्रबार रद्द गरेको हो ।सूचनामा प्रक्रिया रद्द गर्नुको कारण कारण केही बताइएको छैन ।

सम्बन्धित सामग्री

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा अल्पकालीन अन्तरिम आदेशको निरन्तरता

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया झनै लम्बिने भएको छ । सर्वोच्च अदालतले यसअघिकै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएपछि अध्यक्ष नियुक्ति प्रक्रिया थप लम्बिने भएको हो ।

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अन्तरिम आदेश

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । असार २१ सम्म धितोपत्र बोर्ड नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न र उक्त दिन छलफलमा आउन सर्वोच्चले अल्पकालीन अन्तरिम दिएको हो ।

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्दविरुद्ध सर्वोच्चमा रिट

१७ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्दविरुद्ध प्रतिस्पर्धी उम्मेदवार सन्तोषनारायण श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि गठित सिफारिस समिति …

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द विरुद्ध सर्वोच्चमा रिट

नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्दको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । अध्यक्षका प्रत्यासी सन्तोषनारायण श्रेष्ठले सोमबार अदालतमा रिट हालेका हुन् ।

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया तत्काललाई रोकियो

२८ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि सर्ट लिस्ट तयार भएर कार्यायोजना प्रस्तुत गर्ने बेला प्रक्रिया रोकिएको छ । बोर्डको अध्यक्ष पदका लागि भोलि बिहीबार कार्यायोजना प्रस्तुत गर्नेगरी सर्टलिस्टमा परेकाहरुलाई बोलाइएकोमा हाललाई स्थगित …

धितोपत्र बोर्ड अध्यक्ष छनोट समिति निष्क्रिय, चार महिनादेखि नेतृत्वविहीन

पुँजी बजार क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट समिति निष्क्रिय भएपछि बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया नै अलमलमा परेको छ । अर्थ मन्त्रालय र छनोट समितिबीच तालमेल नमिल्दा बोर्ड अध्यक्ष...

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १२ जनाले दिए आवेदन

कात्तिक २५, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि बिहीवार अन्तिम दिनसम्ममा १२ जनाको आवेदन परेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार उक्त पदका लागि आवेदन दिनेहरूमा नीरज गिरी, डा नवराज अधिकारी, अनिल पौडेल, सिताराम थपलिया, चिरन्जिवि चापागाईं, कृष्ण प्रसाद आचार्य, जीवन अमगाई, गोपाल भट्ट, डा केशव प्रसाद श्रेष्ठ, रमेश हमाल,अम्बिका रिमाल र हेमन्त बस्याल रहेका छन् । अध्यक्ष पदका लागि आवेदन दिने बिहीवार  अन्तिम दिन रहेको थियो।  यसअघि सरकारले सर्वोत्तम सिमेन्टको शेयरको भित्री कारोबारमा संलग्न रहेको भन्दै तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको थियो। त्यसपछि रिक्त रहेको पदमा अर्थ मन्त्रालयले नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पोडेल, अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यका रुपमा प्राडा नारायणप्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेको छ। सोही समितिले १२ जना आवेदकबाट ३ जना नाम छनौट  गरी सरकारसमक्ष सिफारिस गर्नेछ।  समितिको सिफारिसका आधारमा सरकारले तीन जनामध्ये एकजनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति  गर्नेछ । मन्त्रालयका अनुसार  अध्यक्ष पदका लागि धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी र नायब कार्यकारी निर्देशक डा नवराज अधिकारीले पनि आवेदन दिएका छन् ।  यसरी आवेदन दिनेमा नेप्सेका पूर्वकार्यकारी अधिकृत, बैंकर, बीमा समितिका पूर्व अध्यक्ष, चार्टर्ड एकाउन्टेन्ट तथा लगानीकर्ताहरु रहेका छन् । अध्यक्षका लागि अहिले उनीहरु विभिन्न शक्तिकेन्द्रमा दौडधुपमा रहेको बुझिएको छ । यो पनि हेर्नुस् : पूँजीबजारको नियामक निकायका प्रमुखहरुको नियुक्ति प्रक्रिया एकै पटक अगाडि बढ्यो धितोपत्र बोर्ड र नेप्सेको प्रमुखका लागि लबिइङ शुरु, को - को छन् आकांक्षी ?

धितोपत्र बोर्ड र नेप्सेको प्रमुखका लागि लबिइङ शुरु, को - को छन् आकांक्षी ?

कात्तिक २०, काठमाडौं । पूँजीबजारको नियामक निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष  तथा बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को प्रमुख बन्न लबिइङ शुरु भएको छ ।  गत भदौ महीनादेखि ती निकाय प्रमुख विहिन छन् । अर्थ मन्त्रालयले दुवै निकायको प्रमुखको नियुक्ति प्रक्रिया खुल्ला प्रतिस्पर्धामार्फत अघि बढाइसकेको छ ।  । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा ती निकायका प्रमुखहरुको संलग्नता पुष्टि भएपछि सरकारले तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई पदबाट बर्खास्त गरेसँगै धितोपत्र बोर्डको अध्यक्ष पद खाली छ भने नेप्सेको प्रमुख कार्यकारी अधिकृत(सीईओ) सीईओ चन्द्रसिंह साउद स्वंय राजीनामा दिएर बाहिरिएका थिए । अर्थ मन्त्रालयले  दुवै निकायको प्रमुख नियुक्तिका लागि छनौट समिति बनाएको छ । धितोपत्र बोर्डको नयाँ अध्यक्षको कार्यकाल दुई वर्ष मात्र हुने छ ।तत्कालिन अध्यक्ष ढुंगाना दुई वर्षमात्रै पुरा गरेर बर्खास्तीमा परेका थिए । बाँकी २ वर्षका लागिमात्रै नयाँ अध्यक्ष नियुक्त गरिन लागिएको हो ।  धितोपत्र बोर्डको अध्यक्ष तथा नेप्सेको सीईओका लागि अहिले आकांक्षीहरुले तिव्र रुपमा लबिइङ गरिरहेका छन् ।  समितिले दाबेदारहरुमध्ये बाट कम्तीमा तीन जनाको नाम सिफारिस गर्नेछ । ती तीन जना मध्येबाट मन्त्रिपरिषद्ले बोर्ड अध्यक्ष नियुक्ति गर्नेछ । यी दुवै पद विशुद्ध राजनीतिक नियुक्तिको पदसमेत भएकाले अहिले आकांक्षीहरु बीच तिव्र रुपमा लबिइङ भइरहेको हो । आधा दर्जन आकांक्षी धितोपत्र बोर्डको अध्यक्षका लागि आधा दर्जन आकांक्षीहरु विभिन्न शक्तिकेन्द्रमा दौडधुपमा रहेको बुझिएको छ । स्रोतका अनुसार बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवि चापागाईं, राष्ट्र बैंकका पूर्व निमित्त कार्यकारी निर्देशक डा गोपाल भट्ट, चार्टर्ड एकाउन्टेन्ट कृष्णप्रसाद आचार्य, धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, नेप्सेका पूर्व सीईओ सिताराम थपलियालगायतका छन् । नेप्सेको सीईओका लागि यसअघि राजीनामा दिएका चन्द्रसिंह साउद, केहि बैंकर तथा चार्टर्ड एकाउन्टेन्टहरु दौडधुपमा रहेका छन् । दुवै पदका लागि तिहार पछि आवेदकहरुसँग अन्तरवार्ता लिने समितिको तयारी छ ।