काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले घोषणापत्र सार्वजनिक गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा पार्टीका महासचिव डा. बेदुराम भुसालसहितका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रको मूल नारा “राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रुपान्तरण समृद्धिको आधार” रहेको छ ।