काठमाडौं । काठमाडौंको मुलपानीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । बा.५ख १८२ नम्बरको टिपरको ठक्करबाट २७ बर्षीय सुरज कुँइकेलको मृत्यु भएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी नविन कार्कीले बताए । मुलपानी हुँदै बोडे जाने बाटोमा दुर्घटना भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ...