काठमाडौं । निसान कम्पनीका गाडी खरीदकर्तालाई एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र नेपालका लागि निसान गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालिबीच भएको सम्झौताअनुसार निसानका गाडी खरीद गर्ने ग्राहकले बैंकबाट सहजै कर्जा पाउने भएका हुन्् । सम्झौतापत्रमा बैंकका कर्पोरेट हेड हरिशकुमार आचार्य र पायोनियरका सह–महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका हुन् । सम्झौतामा निसानले उत्पादन गरेका गाडी खरीद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध गराउने उल्लेख छ ।