चोरीका सामग्रीसहित दुईजना पक्राउ

२५ माघ, काठमाडौं । प्रहरीले चोरीका सामग्रीसहित दुईजनालाई काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनानीका अनुसार चन्द्रपुर नगरपालिका-७ रौतहटका अलिअक्तर मन्सुर र सोही स्थानका आकाश चौधरीलाई पक्राउ गरिएको हो । साथै उनीहरूको साथबाट एक थान रिक्सा, एउटा टिभी र फलामको सेफसमेत बरामद गरिएको प्रहरीले जनाएको । […]