काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठक आज काठमाडौंमा बस्दै छ। बैठकमा कार्यविभाजनलाई पूर्णता दिने, कार्ययोजना तयार पार्ने, सचिवालय गठन तथा समसामयिक विषयमा छलफल गरिने कमिटीका इन्चार्ज वसन्त मानन्धरले जानकारी दिए।कुसुमकुमार कार्कीको नेतृत्वमा २२५ सदस्यीय कार्यसमिति गठन गरेको उक्त संगठनको १३८ शाखामध्ये ९० शाखा विस्तार गरेको र बाँकी ४८ शाखा एक महिनाभित्र गठन गर्ने योजना छ। त्यसैगरी काठमाडौंका १० निर्वाचन क्षेत्रमा कमिटी, १० नगर कमिटी, एक महान