धनुषामा बोलेरो गाडी दुर्घटना हुँदा ११ दिने शिशुको मृत्यु

काठमाडौं। धनुषामा बोलेरो गाडी दुर्घटना हुँदा एक नवजात शिशुको घटनास्थलमै मृत्यु भएको छ। घटनामा ६ जना गम्भीर घाइते भएका छन्। मृत्यु भएका शिशु ११ दिनको मात्र रहेको जनाइएको छ। जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ना ३ च ३५७५ नम्बरको बोलेरो लक्ष्मीनियामा दुर्घटना भएको हो। बोलेरो आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

सम्बन्धित सामग्री

धनुषामा गाडी दुर्घटना हुँदा ११ दिने शिशुको मृत्यु

२० कात्तिक, जनकपुरधाम । धनुषामा गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा एक नवजात शिशुको मृत्यु भएको छ । अन्य ६ जना गम्भीर घाइते भएका छन् । जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ना ३ च ३५७५ नम्बरको बोलेरो लक्ष्मीनिया गाउँपालिका नजिक आइतबार दिउँसो अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा ११ दिने शिशुको मृत्यु भएको धनुषाका प्रवक्ता प्रहरी […]