धनगढी : नेकपा एमाले नेतृत्वको सत्तारुढ गठबन्धनले आइतबार दलहरूबीच प्रदेश सरकार गठनको बाँडफाँट र भागबन्डालाई टुंगो लगाएको छ।जसअनुसार सुदूरपश्चिममा प्रदेश सरकारको नेतृत्व नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आलोपालो गर्ने भएका छन्। पहिलो चरणमा प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्ने गरी शीर्ष तहमा सहमति भएको छ।सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा दाबी गरेका थिए। तर नागरिक उन्मुक्तिको मुख्यमन्त्री मागलाई किनारा लगाउँदै गठबन्ध