परराष्ट्रमन्त्री नारायण खड्का महत्त्वपूर्ण सम्मेलनमा भाग लिने कूटनीतिक निम्तो छाडेर पार्टीगत चुनावी प्रचारमा होमिएका छन् । भारतमा बिहीबार सम्पन्न भू–राजनीति र भू–अर्थशास्त्रमा महत्त्वपूर्ण मानिने ‘रायसिना डायलग’ मा भाग लिन नगई मन्त्री खड्का गृहजिल्ला उदयपुरमा व्यस्त भएका हुन् ।