काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रदेश २ को नाम राख्ने र राजधानी टुंगो लगाउनेबारे छलफल गर्न ७ सदस्यीय वार्ता समिति गठन गरेको छ।लोसपाले यसका लागि प्रदेशसभा सदस्य रानी शर्माको संयोजकत्वमा समिति बनाएको हो। लोसपाले परमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रहलाद गिरीलाई वार्ता समितिको सदस्यमा राखेको छ।लोसपाले प्रदेश २ को नाम मधेश राख्ने र जनकपुरलाई राजधानी बनाउनेबारे प्रदेशसभामा रहेका अन्य राजनीतिक दलसँग वार