भारत सरकारले नेपालका विभिन्न जिल्लालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ । भारतीय राजदूतावास, काठमाडौंले आइतबार नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थालाई एम्बुलेन्स र स्कुल बस उपहारस्वरूप प्रदान गरेको हो ।