अब मुख हेर्ने होइन, रुख हेर्ने हो : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा पार्टीको निर्णयविरुद्व उम्मेदवारी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले अहिले मुख हेर्ने भन्दा पनि रुख हेरेर मतदान गर्नुपर्ने बेला रहेको बताए ।