नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा काम रोकिएको अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला सरकारको दायित्वभित्र आउन लागेको बताउनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले चितवनमा सुरु गरेको दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष दाहालले रङ्गशाला निर्माणको कार्य अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अब रङ्गशाला सरकार र …