काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतोलाई चयन गरेको छ ।
गत पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा महतोलाई चयन गरेको कम्पनीले नेप्सेमार्फत जानकारी दिएको हो । उनी गैरआवासीय नेपाली संघ एनआरएनका संस्थापक अध्यक्ष पनि हुन् ।