सीमा भन्सारमा हुने समस्या समाधान गर्ने प्रतिबद्धता

बिर्तामोड– नेपालसहित चार देशका भन्सार अधिकारीले सीमा भन्सारमा हुने समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) को आयोजनामा झापाको धुलावारीस्थित मेची क्राउनमा भएको चार देशीय बैठकमा उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । नेपाल, भारत, बंगलादेश, र भुटानका अधिकारीले सीमा भन्सारमा हुने समस्या समाधान गर्दै व्यापार सहजीकरणका लागि पहल गर्ने […]