‘प्रशिक्षणको लागि पर्याप्त सामान छैन्। प्रदेश खेलकुद परिषद गण्डकीले दिएको भत्ता पर्याप्त छैन्। कम भत्ताकै कारण आवश्यक पोषणयुक्त खाना (डाइट) को व्यवस्था राम्ररी भएको छैन।’ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षण रहेका खेलाडीहरुबाट यस्तै गुनासो आएपछि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङे) शनिबार राती आफैं होटल अनुगमनमा निस्किए।