हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती र सुत्केरीलाई क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम शुरू गरेको छ ।
आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिँदै नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत नगरपालिका भित्रका सबै गर्भवती र सुत्केरीलाई उनीहरूको घरैमा पुगेर क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम शुरू गरेको हो ।
११ वडा रहेको नगरपालिकाका सबै आमा र बच्चाको शरीरमा पोषणको अभाव हुन नदिन निःशुल्क क्याल्सियम चक्की वितरण शुरू गरिएको नगर प्रमुख इवन राईले बताए । ‘क्याल्सियम चक्की ११ वटै वडाका स्वास्थ्य चौकीमार्फत वितरण भइरह...