दूतावासले भन्यो, ‘ब्लड मनी नतिरी भागेका कमल ५८९ दिनदेखि कतारमा छैनन्’

आफ्नै साथीको हत्या अभियोगमा जेल सजाय भोगेर ब्लड मनी नतिरेको सिन्धुलीका कलम थिङ ५८९ दिनदेखि कतारमा नरहेको दूतावासले जनाएको छ । धनुषाका शिवरतन राउतको हत्या अभियोगमा ६ महिना जेल सजाय भोगेका उनलाई २ लाख कतारी रियाल (झण्डै ७० लाख नेपाली रुपैयाँ) ब्लड मनी तिर्नुपर्ने थियो । तर, उनी ब्लड मनी नतिरी नेपाल फर्किएको पाइएको हो । यो विषयमा सुरुमा रातोपाटीले समाचार सम्प्रेषण गरेपछि कन्सुलर सेवा विभागले कतारमा रहेको नेपाली दूतावासलाई पत्राचार गरेको थियो । विभागले पठाएको पत्रको जवाफ दूतावासले प्र