अख्तियारको ‘इन्स्पेक्टर हुँ’ भनेर रकम असुलेको आरोपमा प्रहरीले महोत्तरीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–१२ घर भएका ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका घर भएका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन छन् ।महोत्तरीको जलेश्वर नगरपालिका–१२ स्थित सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरुसँग उनीहरूले अख्तियारमा कार्यरत ‘निरीक्षक हौँ’ भनेर असुल्ने गरेको महोत्तरीका एसपी कृष्ण पङ्गेनीले रातोपाटीलाई बताए ।आरोपीहरूले सीमा क्षेत