काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन संसद् बैठकमा प्रक्रिया सुरु भएको छ। दाहाललाई नेपाली कांग्रेस, नेकपा एमाले,नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपासहित अधिकांश दलहरुको समर्थन छ। नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा भने प्रधानमन्त्री दाहालको विपक्षमा उभिएका छन्।