नवनियुक्त महान्यायाधिवक्ता दिनमणि पोखरेलले बिहीबार शीतल निवासमा शपथ ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पोखरेललाई शपथ गराएका हुन् ।