नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले एमसीसीबारे अध्यक्ष प्रचण्डको निर्णयको वैधानिकतामाथि प्रश्न उठाएका छन् । पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेसँगै न्यौपानेले यस्तो बताएका छन् । ‘हालको नेकपा (माओवादी केन्द्र) मा केन्द्रीय समितिको निर्णय बाहेक अरुले गर्ने निर्णय अधिकारिक हुँदैन । आज बिहान बसेको भनिएको बैठकको कुनै वैधानिकता छैन’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । उनले केन्द्रीय समि