काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण आज सुरु हुँदैछ। भर्चुअल संस्करणमा यस वर्ष भारतीय चलचित्र क्षेत्रका लेखक, निर्माता, अभिनेता र सम्पादक अनुराग कश्यपले आफ्नो अनुभव सुनाउने छन्। 'विश्वका कथाहरुको उत्सव' भन्ने नाराका साथ नेपालमा चलचित्र संस्कृतिको विकास गर्ने उद्देश्यसहित सुरु भएको निफ पाँचदिनसम्म सञ्चालन हुने नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए। रासस