निर्मला पन्त हत्या प्रकरण : एक भारतीय नागरिक पक्राउ

२०७५ साल साउन ११ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा एकजना शंकास्पद व्यक्तिलाई प्रहरीले भारतबाट नियन्त्रणमा लिएर डिएनए परीक्षण नमूना लिइएको समाचार छ । जिल्लाको भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता अली थरका युवकलाई भारतबाट नियन्त्रणमा लिएर डीएनए जाँचका लागि नमूना लिएको प्रहरी उच्च स्रोतले बताएको छ । …