प्राडा अच्युत वाग्ले काठमाडौं विश्वविद्यालयको रजिष्ट्रार नियुक्त भएसँगै असन्तुष्टि चुलिएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले गरेको सिफारिसका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले वाग्लेलाई आइतबार रजिस्ट्रारमा नियुक्त गरेका थिए ।उनको नियुक्तिसँगै विश्वविद्यालय भित्रबाटै विरोध सुरू भएको हो । नेपाली काँग्रेस निकट प्राध्यापक तथा कर्मचारीबाहेक अन्यले उनको नियुक्तिमाथि प्रश्न उठाइरहेका छन् ।उपकुलपति थापाले स्कूल अफ साइन्सका डीन प्राडा जनार्दन लामिछाने, स्कूल अफ एजुकेशनका डीन प्राडा बालच