नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलहरूको मत कम आउनुमा दल स्वयंको संगठन कमजोर रहेको टिप्पणी गरेका छन्। शुक्रवार प्रतिनिधि सभाको बैठकका लागि संसद भवन पुगेका थापाले गठबन्धनका दलहरु पराजय हुनुमा उनीहरुकै संगठन कमजोर हुनु भएको बताएका हुन् ।उनले काँग्रेसका मतदाताले रुख बाहेक अन्य चिन्हमा मतदान गर्ने कुरा पनि गाह्रो भएको बताए । पार्टीका उम्मेदवार र नेताहरुले गठबन्धनमा भोट हाल्न आह्वान गरेको भएपनि काँग्रेसका मतदाता कम्युनिष्ट पार्टीको जस्तो संगठित मतदाता नभएकाले कति