पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले स्वतः सबै क्षेत्रमा मूल्यवृद्धि हुने र आम जनताले यसलाई धान्न नसक्ने अवस्था आउनुअघि पेट्रोलियम पदार्थमा लगाइएको मूल्यवृद्धि फिर्ता लिन रकारसँग माग गरेको छ ।
९ असार, काठमाडौं । सरकारले गरेको पेट्रोलियम पदार्थको मूलयवृद्धि विरुद्ध संयुक्त ट्रेड युनियन संघर्ष समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा भएको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्नेहरुले मूल्यवृद्धि तत्काल फिर्ता दिन माग गरे । नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरीले मूल्यवृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले भने, ‘दलहरुलाई […]
काठमाडौं । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा काठमाडौंका प्रदर्शन गरेको छ ।
अनेरास्ववियुले सोमबार काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पस अगाडि मसाल जुलुस प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै सरकारविरुद्ध नारा लगाएका थिए । उनीहरूले सरकारले मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।...
काठमाडौं । सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोधमा सडक आन्दोलन गर्ने तयारी गरेको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धिसँगै वैज्ञानिक भाडादर समायोजनको माग गर्दै महासंघले आन्दोलनको तयारी गरेको हो ।
महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए सवारी साधन ठप्प पार्नेसम्मको आन्दोलन गर्ने चेतावनी दिए । ‘‘तत्काल यो फिर्ता लिनुपर्छ...
जनकपुरधाम । इन्धनमा गरिएको मूल्यवृद्धि विरूद्ध राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका छन् । आज विहान जनकपुरको शिव चोकमा युवा संघका कार्यकर्ताले टायर बालेर मुल्यवृद्धि विरुद्ध प्रदर्शन गरेका हुन् । शेरबहादुर देउवा सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शनकारीले मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । संघका केन्द्रीय सदस्य मुन्जय राउतले कोरोना कालमा […]
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को दाहाल–नेपाल समूह निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छ ।बिहीबार अनेरास्ववियूले कोरोना कहर र लकडाउनका कारण मारमा परेका जनतालाई सहुलियत दिनुको सट्टा पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गरिएको भन्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई […]