कालीगण्डकी नदीमा पुल निर्माणमा ढिलाइ

तनहुँ । पाँच वर्षअघि नवलपरासी पूर्व (नवलपुर) र तनहुँ जोड्नेगरी कालीगण्डकीमाथिको पुल निर्माणमा ढिलाइ भएको छ । नवलपुरको बौदीकाली–३, रकुवा र तनहुँको घिरिङ सुन्धारा–१, जगौली जोड्नेगरी कालीगण्डकी नदीमा बनाउन लागिएको पुल निर्माणको काम अलपत्र परेको हो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी २०७४ मङ्सिरमा निर्माण सम्झौता भएको पुलको काम १५ प्रतिशत मात्र सम्पन्न भएको छ । पुल निर्माणको ठेक्का लिएको महावीर, गौरीपार्वती, नीलगिरि नेशनल जेभीले  समयमै काम नगर्दा पुल निर्माणको काम अलपत्र परेको हो । पुलका लागि ल्याइएको सामग्री यत्रतत्र छरिएका छन् । छडलगायतका सामग्री खिया लाग्न शुरू गरेको छ । पुल निर्माणस्थलको बौदीकाली–३ रकुवातर्फमा दुई पिल्लरबाहेक कुनै काम हुन सकेको छैन । पुल निर्माणस्थलमा बेलाबेला १०–१२ जना कामदार ल्याउने र केही काम गर्ने गरेको भए पनि २०७९ वैशाखदेखि निर्माणस्थलमा कामदार आएका छैनन् । वर्षाको समयमा यसै काम नहुने र अहिले काम गर्न मिल्ने समयमा समेत नगरेर अलपत्र पारेको स्थानीयवासीले गुनासो गरेका छन् । पुल निर्माण २०७७ मंसिरमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको भए पनि पछि २०७८ चैतभित्र सम्पन्न गर्नेगरी म्याद थप गरिएको थियो । त्यसपछि म्याद थप नभएको पुल योजना सेक्टर नं ४ पोखराका डीई नवराज बाँस्तोलाले बताए । काममा लापरबाही गर्ने र समयमै काम नगर्ने निर्माण कम्पनीलाई सरकारले कारबाही गर्ने भने पनि निर्माण सम्पन्न गर्नुपर्ने समय समाप्त भइसकेकाले यस्ता कम्पनीलाई कारबाही अघि नबढाइएको स्थानीय श्याम पाटाको गुनासो छ । पुल निर्माणका विषयमा निर्माण कम्पनी महावीर, गौरीपार्वती, नीलगिरि नेशनल जेभीका प्रतिनिधि युवराज डाँगीसँग बुझ्दा निर्माण सामग्रीको मूल्य बढेकाले मूल्य समायोजन नभएसम्म काम गर्न नसकिने बताए । सुपरिवेक्षण गर्ने निकाय पुल योजना क्षेत्र सेक्टर नं ४ का सबइञ्जिनीयर सुशील अधिकारीले हालसम्म काम सम्पन्न भइसक्नुपर्नेमा पटक–पटक  निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिइरहेको बताए । उनले भने, ‘सम्झौता अनुसार काम नगरिदिँदा पुल निर्माण १५ प्रतिशत मात्र भएको छ, हामीले ताकेता गरिरहेका छौं ।’ कुल रू. २२ करोड ९८ लाखको लागतमा निर्माण शुरू गरिएको पुल २११ मिटर लम्बाइको हुनेछ । रासस

सम्बन्धित सामग्री

कालिगण्डकी पुल निर्माणमा ढिलाइ

काठमाडौं । नवलपुरको बौदीकाली गाउँपालिका रकुवास्थित कालीगण्डकी नदीमा पुल निर्माणको काम अघि बढ्न सकेको छैन । नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवा र तनहुँको घिरिङ सुन्धारा–१ जगौली जोड्ने गरी कालीगण्डकी नदीमा निर्माणाधीन पुलको काममा सुधार हुन नसकेको हो । पाँच वर्ष अघि पुल निर्माणको सम्झौता भएको थियो । तीन वर्षभित्र निर्माण सक्ने गरी सम्झौता भए पनि हालसम्म […]

गण्डकी र लुम्बिनी प्रदेश जोड्ने कालीगण्डकी नदीको पुल निर्माण तीव्र गतिमा

फागुन १२, तनहुँ । गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको कार्यले गति लिएको छ ।  तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोड्ने पक्की पुलको कामलाई गति दिइएको हो ।  कोरोना कहरका कारण विगतमा काममा ढिलासुस्ती भए पनि अहिले कामलाई तीव्र पारिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए ।  विसं २०७७ जेठदेखि निर्माण शुरु भएको पुलको म्याद चालू आर्थिक वर्षको अन्तिमसम्म रहेको छ । हालसम्मको पुलको काम ३७ प्रतिशत सकिएको छ ।  ‘कोरोना कहरका कारण पुल निर्माणमा ढिलाइ भयो, कोरोनाको प्रभावका कारण निर्माणको काम एक वर्ष थप भएको छ’, उनले भने । सिग्देलका अनुसार हालसम्म दुई ओटा पिल्लरको क्याप बनेको र दुई ओटा फाउण्डेसन सकिएको छ । ‘नदी बगेको ठाउँमा डाइभर्सन गरेर मुख्य पिल्लर बनाउनु पर्ने काम भने बाँकी छ’, उनले भने । २१० मिटर लामो पुल निर्माणको जिम्मा काठमाडौँस्थित शर्मा जेभी एण्ड युनाइटेड विल्डर्सले पाएको छ ।  उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो । पुल योजना पश्चिम क्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण कार्य भइरहेको छ ।  डबल लेन प्रविधिमा निर्माण हुने पुल रू. २७ करोड लागतमा संघीय सरकारको बजेटमार्फत् निर्माण भइरहेको छ । कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य छन् ।  यहाँ पुल निर्माण शुरु भएपछि स्थानीयवासी पनि खुसी छन् । पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पर्थ्यो । पुल निर्माण भएपछि सहजरुपमा आवातजावात गर्न सकिन्छ । मोटरेबल पुल निर्माण भएपछि दुई स्थानीयवासी लाभान्वित हुनेछन् । रासस

पुल निर्माणमा ढिलाइ

रौतहट । चाँदी नदीमा पुल निर्माणमा ढिलाइ हुँदा चन्द्रपुर नगरपालिका–३ गैंडाटारका बासिन्दा निराश भएका छन् । दुई वर्षअघि नै निर्माण गरिसक्नुपर्ने भए पनि अझै अधुरै रहेको र निर्माण कम्पनीले पटक पटक म्याद थप मात्र गरिरहेको स्थानीयको आरोप छ । चन्द्रनिगाहपुर–गैंडाटार जोड्ने पुल निर्माणको जिम्मा पप्पु शिवशंकर जेभीले पाएको छ । साढे ७ मिटर चौडाइ रहेको उक्त पुलको लम्बाइ ४६९ मिटर छ । ११ ओटा स्पाम रहेको पुल २०७६ असारमा सम्पन्न गर्ने सम्झौता थियो । तर पहिलो चरणमा डेढ वर्ष तथा पछिल्लो समयमा ६ महिनाका लागि म्याद थप भएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण समयमै पुल निर्माण सम्पन्न हुन नसकेको र यस विषयमा जनप्रतिनिधि तथा सरोकारवाला निकायको पनि ध्यानाकर्षण गराइएको पुल निर्माण संघर्ष समितिका संयोजक लालबहादुर दोङले बताए । तर निर्माण कम्पनीले प्रतिबद्घता अनुसार काम नगरेको र अझै चारओटा स्पाम ढलान नभएको उनले बताए । निर्माण कम्पनी तथा सडक कार्यालयलाई पटक पटक ताकेता गरेपछि काम शुरू गरे पनि सुस्त गतिमा भइरहेको चन्द्रपुर नगरपालिका–३ का वडाध्यक्ष बोधनाथ देवकोटाले बताए । पप्पु शिवशंकर जेभीले २२ करोड ४४ लाख रुपैयाँमा पुल निर्माणको जिम्मा पाएर २०७३ पुसदेखि काम थालनी गरेको निर्माण कम्पनीका ठेकेदार दयारामप्रसाद साहले बताए । उनका अनुसार कोभिड, निर्माण सामग्रीको अभाव, बजेट जस्ता विविध कारणले निर्माणमा ढिलाइ भएको हो । पुलको काम हालसम्म करीब ६० प्रतिशत मात्र सम्पन्न भएको छ । थपिएको समयमा काम नसके निर्माण कम्पनीविरुद्ध कानूनी प्रक्रिया अघि बढाउने डिभिजन सडक कार्यालय चन्द्रपुरले बताएको छ ।

पुल नबन्दा हुलाकी राजमार्ग सञ्चालनमा अवरोध

झापा । पूर्व पश्चिम राजमार्गको विकल्पको रूपमा निर्माण शुरू भएको हुलाकी राजमार्गको झापा खण्ड निर्माणको अन्तिम चरणमा पुगे पनि पुल नबन्दा तत्काल सञ्चालनमा अवरोध देखिएको छ । राष्ट्रिय गौरवको योजनाको रूपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ आठ ठूला नदीमा पुल निर्माणाधीन छन् । तीमध्ये कनकाई, रतुवा, विरिङ र कमल खोलाका पुल सम्पन्न हुन समय लाग्ने र सानोमाई, लेहरा, कृष्णे र भुतेनी खोलाका पुल निर्माण अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिए ।      उनका अनुसार विसं २०६८ मै हुलाकी सडक पर्ने कनकाई, रतुवा खोलाका पुल निर्माण शुरू गरिएको थियो । तर, एक दशक बितिसक्दा समेत कार्य सम्पन्न नहुँदा राजमार्ग सञ्चालनमा अवरोध भएको हो । उनले मुलुकको राजनीतिक अस्थिरता र कोेरोना महामारी लगायत कारणले पुल निर्माणमा ढिलाइ भएको बताए । रासस

मदन भण्डारी राजमार्ग अन्तर्गत बाग्मती नदीको पुल निर्माण अन्तिम चरणमा

जेठ २४, मकवानपुर । मदन भण्डारी राजमार्गको निर्माणाधीन धरान चतरा सिन्धुली हेटौँडा सडकको मकवानपुर जिल्लाको बाग्मती गाउँपालिका—४ र सिन्धुली जिल्लाको हरिहरपुर गढी गाउँपालिका—३ को सिमानामा पर्ने बाग्मती नदीमा निर्माणाधीन पुलको करीब ८० प्रतिशत काम सम्पन्न भएको छ ।  मदन भण्डारी राजमार्गका इन्जिनीयर बीरेन्द्रप्रसाद महतोले दिएको जानकारी अनुसार १२ ओटा पिलर भएको ७१३ मिटर लम्बाइको बाग्मती पुलको लागत भ्याटबाहेक रू. २३ करोड ५३ लाखमा २०६८ असार महीनामा स्वच्छन्द निर्माण सेवाले निर्माण शुरु गरेकोमा २०७३ असारमा सम्पन्न गर्ने अवधिमा सम्पन्न नभएपछि पटकपटक गरी पाँचपटक म्याद थप गरेकामा हाल पुलको काम ८० प्रतिशत सकिएको छ ।  सो पुल निर्माण गर्ने ठेकेदारका प्रतिनिधि सन्तोष सापकोटाले विविध कारणहरु डिजायन थप गर्ने, नाकाबन्दी, भूकम्प, लकडाउन तथा प्राविधिक समस्याको कारण निर्माणमा ढिलाइ भएकामा अब द्रुत गतिमा काम भइरहेको र चार महीनामा सम्पन्न हुने गरी काम गरिरहेको बताए ।  स्थानीय बासिन्दा शंकरकुमार पराजुलीका अनुसार विगतमा बाग्मती नदीमा पुल नहुँदा तर्न ट्युबको सहायताले जोखिमपूर्वक नदी तर्नुपर्ने बाध्यता थियो ।  अब पुल बनेपछि सिन्धुली जिल्लाका जनतालाई आफ्ना कृषि उत्पादन विक्री गर्न, उच्च शिक्षा हासिल गर्न, उपचार गर्न हेटौँडा जान सजिलो हुने र यस क्षेत्रको विकासको ढोका खुल्ने बताए । रासस

तमोर पुल निर्माणमा जनप्रतिनिधिको चासो - Naya Patrika

तेह्रथुम र पाँचथर जोड्ने तमोर नदीको लुमुघाटस्थित पक्की पुल निर्माणमा ढिलाइ भएपछि जनप्रतिनिधिले चासो देखाएका छन् । म्याङलुङ–याशोक सडकखण्डअन्तर्गत तमोर नदीमा पुल निर्माण सुरु भएको साढे चार वर्षसम्म नबनेपछि जनप्रतिनिधिले...पूरा पढ्नुहोस् »

घोरदह र मुतनीको पुल निर्माणमा ढिलाइ

जिल्लाको दक्षिणवर्ती क्षेत्रमा पर्ने घोरदह र मुतनी नदीमा पुल बन्न थालेको करिब ६ वर्ष भइसक्दा पनि निर्माण पूरा हुन सकेको छैन । स्थानीय विकास अधिकारी र ठेकेदारको लापरबाहीले पुन बन्न नसकेको त्यस भेगका सर्वसाधारण बताउँछन् ।