उडायो निर्माणाधीन पुल

धादिङ । शनिवारकोे भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडाएको छ । गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले उडाएको हो । एक महीनाभित्र सवारीसाधन सञ्चालन गर्न सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको पुल हुरीका कारण ढलानका लागि ठिक पारिएको ट्रस उडाएपछि निर्माण समेत रोकिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाको भनाइ छ ।   पुलको निर्माण तीन वर्षअघि शुरू गरिएको थियो । हुरीबतासले उडाए पनि छिट्टै ढलानका लागि काम गरिने योजना बनाउन ठेकेदार कम्पनीलाई आग्रह गरिएको उपाध्यक्ष तिमल्सिनाले बताइन् । रासस

सम्बन्धित सामग्री

साढे ११ करोडको निर्माणाधीन पुल चर्किएपछि भत्काइयो

जुम्लामा साढे ११ करोड लागतको निर्माणाधीन पुल चर्किएपछि भत्काइएको छ । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका र जुम्लाको तिला गाउँपालिका जोड्ने नाग्मस्थित हिमा नदीको पक्की पुल अन्तिम समयमा आएर चर्किएको सडक...

नवलपुरको केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र : ठेकेदार सम्पर्क विहीन

काठमाण्डौ – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र परेको छ । कावासोती नगरपालिका वडा नम्बर ३ र ४ लाई जोड्ने गरी केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र पारेर ठेकेदार नै सम्पर्क विहीन भएको वडा–४ का अध्यक्ष नारायणप्रसाद लोहनीले बताउनुभयो । पुल निर्माणको काम २०७५ सालमा सुरु भएको थियो । २०७७ साल असारसम्म पुल निर्माणको काम सकिनुपर्ने थियो । अहिलेसम्म पुलको केही भाग मात्रै निर्माण भएको छ । बीच खण्डमा ढलानका लागि तयारी गरिएको छ । तर, वर्षा सुरु ...

दुई ठाउँमा निर्माणाधीन पुल भत्कियो

दुई बेग्लाबेग्लै स्थानमा निर्माणाधीन पुल भत्किएका छन् । कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको बिम खस्दा कामदार घाइते भएका छन् । साथै निर्माण कार्य अवरुद्ध भएको छ।त्यस्तै सिन्धुली सदरमुकाम हुँदै बग्ने ग्वाङ खोलामा गए राति आएको बाढीले पक्की पुल ढलानका लागि तयार पारिएको संरचना बगाएको  छ। स्याङ्जा समाचारदाता अर्जुन काफ्लेका अनुसार, क्रेनको सहायताले फलामे बिम उठाउने क्रममा बिमसहित कामदार भुइँमा खसेका थिए । सो घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जना

निर्माणाधीन पुल भत्किँदा आठ जना कामदार घाइते

वालिङ । स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिका जोड्ने निर्माणाधीन पुल भत्किँदा आठ जना कामदार घाइते भएका छन् । चापाकोट–८ प्याकलुकस्थित स्याङ्जाको दामाचौर र पाल्पाको रामपुरलाई जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल गए राति निर्माणका क्रममा भत्किँदा कामदार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । पक्की […]

निर्माणाधीन पुल भत्किँदा आठ कामदार घाइते

स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिका जोड्ने निर्माणाधीन पुल भत्किँदा आठ कामदार घाइते भएका छन्। चापाकोट–८ प्याकलुकस्थित स्याङ्जाको दामाचौर र पाल्पाको रामपुरलाई जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल गएराति निर्माणका...

अनुगमन संयन्त्र नहुँदा निर्माणाधीन पुल अलपत्र

गण्डकी प्रदेश सरकारको लगानीमा निर्माणाधीन काठेखोला गाउँपालिका–७, रेश जोड्ने जिरेदीखोलामा निर्माणाधीन पुल अलपत्र छ। वन क्षेत्रमा परेको जनाउँदै मुद्दा पर्नु र ठेकेदारले समयमै काम नगरेकाले पुलको काम अगाडि बढ्न नसकेको...

निर्माणाधीन पुल भत्कियो

उदयपुरको चौदण्डी–५ को सिवाई र बेलही गाउँलाई जोड्न त्रियुगा नदीको निर्माणाधीन पुल भत्किएको छ । दुई दिनदेखिको अविरल बर्षातले सिवाई पुलको दक्षिण तर्फको पिलर भासिएर दुई वटा स्लाब भासिएको हो...

कमला नदीमा निर्माणाधीन पुल भासिएको विरोधमा प्रर्दशन

हुलाकी राजमार्ग खण्डको सिरहा–धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुल भासिएको विरोधमा सिरहामा युवाहरुले विरोध प्रर्दशन गरेका छन् । कमला पुल भासिएको घटनाको छानबीन गरी दोषीलाई कारबाही गर, कमसल निर्माण गरी भ्रष्टाचार...

हुरीबतासले त्रिशूली नदीमाथि निर्माणाधीन पुल भाँच्चियो

हुरीबतासले धादिङको त्रिशूलीनदीमा निर्माणाधीन पक्की पुल भाँचिदिएको छ । शनिबार साँझ आएको हुरीबतासले गल्छी गाउँपालिका–४ मासटार र वडा नं. २ केउरेनीटार जोड्ने त्रिशूलीनदी माथि निर्माणाधीन पुल भाँचिदिएको ह्यामलेट होटलका सञ्चालक रामजी मरहठ्ठाले बताए । पुलको दायाँ भाग आरसीसी थियो भने बायाँपट्टिको भाग स्टिलको थियो ।पुलको बायाँ भाग ८० मिटर लामो स्टिल जडान गरी रंगरोगन गरिसकेको […]