काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुरको मुद्दामा निर्वाचन आयोगलाई १५ दिनभित्र जवाफ दिन भनेको छ । ठाकुर पक्षले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता दिने निर्वाचन अयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो ।
बुधबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सोही रिटको सुनुवाइ गर्दै अन्तरिम आदेश नदिएर...