राजुलाई काठमाडौँमा ‘न्यानो स्वागत’

काठमाडौँ– गायक राजु लामाले सगरमाथाको सफलतापूर्वक आरोहण गरेर काठमाडौँ फर्किएका छन् । अघिल्लो हप्ता सगरमाथा आरोहण गरेका गायक लामा बिहीबार काठमाडौँ ओर्लिएका हुन् । उनलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलमा राष्ट्रिय झण्डा, बाजागाजासहित मंगोलियन हार्ट ब्याण्डका भोकलिस्ट राजुलाई स्वागत गरिएको हो । जलवायु परिर्वतनविरुद्धको सन्देश दिन उनी यसैसाता सर्वोच्च शिखर आरोहण गरेका […]