लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पामा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् ।
रोल्पा अस्पतालमा शुक्रवार आयोजित एक कर्यक्रममा अक्सिजन प्लान्टको उद्घाटन गरिएको हो ।
संघीय सरकारको ७५ लाख रुपैयाँ बजेटबाट जडान गरिएको प्लान्टले दैनिक २५ भन्दा बढी सिलिन्डर उत्पादन गर्नसक्ने क्षमता रहेको छ ।
जिल्लामा खपत भएर बचेको अक्सिजन जिल्ला बाहिर निर्यात गर्न सकिने बताइएको छ । अक्सिजन प्लान्ट जडानसँगै रोल्पाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको मुख्यमन्त्री केसीले बताए । ‘अब अक्सिजनको अभावमा रोल्पालीले ज्यान गुमाउन पर्ने ...