बैतडी : नयाँ भेरियन्टसहित दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि बैतडीका स्थानीय तहहरूले संक्रमण रोकथाम तथा नियन्त्रणको तयारी थालेका छन्।यहाँका स्थानीय तहहरूले आइसोलेसन निर्माणको कामलाई तीव्रता दिएका छन्। जिल्लाका १० वटै स्थानीय तहमा गरी हालसम्म १८ स्थानमा आइसोलेसन सेन्टर स्थापना भइसकेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना भइसकेको छ भने जिल्लाका १० ओटै स्थानीय तहका विभिन्न ठाउँमा कोरोना संक्रमि