एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आइतबारका लागि सर्‍यो

चितवन, ११ मंसिर : नेकपा (एमाले) को १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्चालन भएको बन्दसत्रमा उम्मेदवारी दर्तालगायत थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् । बन्दसत्रको उद्घाटन ढिलागरी सञ्चालन भएपछि थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् । स्रोतका अनुसार उम्मेदवारी दर्ता आइतबारका लागि सकेको छ ।

सम्बन्धित सामग्री

एमाले महाधिवेशन ३०१ भन्दा बढीको उम्मेदवारी परेपछि सार्वजनिक गरिएन नाम

चितवन- एमाले केन्द्रीय कमिटीमा अटाउने आकांक्षासहित केन्द्रीय कमिटीको आकारभन्दा बढीले उम्मेदवारी दर्ता गराएपछि निर्वाचन समितिले उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्नसकेको छैन । निर्वतमान अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको केन्द्रीय सदस्यका आकांक्षीको भन्दा बढी मनोनयन परेपछि निर्वाचन समितिलाई थप भएका उम्मेदवारको नाम फिर्ता लिन लगाएर मात्र उम्मेदवारको सूची सार्वजनकि गर्न दबाब परेको छ । निर्वाचन समितिका […]

एमाले महाधिवेशन : यी हुन् उपाध्यक्ष र सचिवका प्रतिस्पर्धी (सूचीसहित)

काठमाडौँ- निवर्तमान अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आन्तरिक प्रतिस्पर्धामा होम्मिएको एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिवसहित ट्रेड युनियन क्लस्टरबाहेक अन्य पदमा निर्वाचन हुने देखिएको छ । जसअनुसार ६ जना उपाध्यक्षका लागि सातजना उम्मेदवार छन् । सातजना सचिवका लागि नौजना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । जसअनुसार उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, […]

एमाले महाधिवेशन : उम्मेदवारहरू हात जोड्दै भोट माग्दै

नेकपा एमालेको दशौं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार बनेका नेताहरु भोट माग्न व्यस्त देखिएका छन् । उम्मेदवारी दर्ता लगत्तै निवर्तमान अध्यक्ष केपी शर्मा ओलीदेखि लिएर अध्यक्ष पदमै उम्मेदवारी दिएका भीम रावल, अन्य पदका उम्मेदवारहरूले महाधिवेशन स्थलमा हात जोडेर भोट माग्न थालेका हुन् ।उम्मेदवारी दर्तापछि ओलीले महाधिवेशन आयोजनास्थलमा घुमेर महाधिवेशन प्रतिनिधिहरुसामु भोट माग्न थालेका हुन् । उनले महाधिवेशन आयोजनास्थलको चारैतिर हात जोडेर घुम्दै महाधिवेशन प्रतिनिधिसँग भोट मागेका हुन् । यसैगरी रावलले पनि उम

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता शुल्क १५ हजारदेखि पाँच सयसम्म

काठमाडौं। नेकपा एमालेले सहमति नजुटेका पदमा आन्तरिक प्रतिस्पर्धा गराउने भन्दै निर्वाचन तालिका र मतदाता नामावली सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिकामा उम्मेदवारी दर्ताका लागि शुल्क निर्धारण गरिएको छ । क्रमश स् अध्यक्षका पदका लागि १५ हजार शुल्क बुझाउनु पर्नेछ । त्यसैगरी, पदाधिकारीले १० हजार, केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गराउन पाँच सय तिर्नुपर्नेछ । निर्वाचन आयोगले […]

एमाले महाधिवेशन : निर्वाचन प्रकिया शुरु live

चितवन – नेकपा एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगको पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९ : २० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिएको थियो भने ८ बजेदेखि बिहान ९:३० बजेसम्म उम्मेदवारी दर्ता गरिएको छ । बिहान १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी […]

एमाले महाधिवेशन : अध्यक्षमा रावलको उम्मेदवारी दर्ता

चितवन - चितवनमा भइरहेको नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु भएको छ । अध्यक्षमा भीम रावलले उम्मेदवारी दर्ता गराउनुभएको छ । हिजै फारम लैजानुभएका उहाँले निर्वाचन प्रक्रिया सुरु भएलगत्तै उम्मेदवारी दर्ता गराउनुभएको हो । अहिले बिहान साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । पछिल्लो कार्यतालिकाअनुसार बेलुकी ९ बजेपछि मात्रै मतदान सुरु हुनेछ । सहमतिका लागि अध्यक्ष केपी शर्मा ओलीले हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको...

एमाले महाधिवेशन : संशोधित निर्वाचन कार्यतालिकाअनुसार मतदान हुँदै

काठमाडौँ – निर्वाचन आयोगले नेकपा एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया लागि संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको छ । पछिल्लो कार्यतालिका अनुसार ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ भने उम्मेदवारका आकांक्षीलाई ९ : २० सम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ। त्यसैगरी ९ : ३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ। यसअघि आइतबार राति नै […]

एमाले महाधिवेशन: उम्मेदवारी दर्ता आइतबारका लागि सर्‍यो

चितवन– नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ। निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्चालन भएको बन्दसत्रमा उम्मेदवारी दर्तालगायत थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन्। बन्दसत्रको उद्घाटन ढिलागरी सञ्चालन भएपछि थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन्। स्रोतका अनुसार उम्मेदवारी दर्ता आइतबारका लागि सरेको छ। –न्युज कारखाना

एमाले महाधिवेशन : ११ गते उम्मेदवारी दर्ता, १२ गते मतदान

७ मंसिर, काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा ११ गते उम्मेदवारी दर्ता र १२ गते मतदान हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकमा निर्वाचन कमिटीका अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यतालिका पेश गरेका हुन् । प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईका अनुसार ११ गते उम्मेदवारी दर्ता, फिर्ता लगायतका प्रक्रिया पूरा हुनेछ […]

एमाले महाधिवेशन : कञ्चनपुरमा १४ प्रतिनिधिका लागि ४५ जनाको उम्मेदवारी

कञ्चनपुर : नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि कञ्चनपुरका तीनवटा निर्वाचन क्षेत्रबाट ४५ जनाले उम्मेदवारी दर्ता गरेका छन्।चौध जना महाधिवेशन प्रतिनिधि छनोटका लागि ४५ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। एमाले कञ्चनपुरका सचिव सुरेन्द्र विष्टका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा चार खुला, एक महिला गरी पाँच महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ नौ र महिलातर्फ पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन्।निर्वाचन क्षेत्र नम्बर २ मा चार खुला र एकजना महिला गरी पाँचजना महाधिवेशन प्रतिनिधिका