काठमाडौंको बसन्तपुर डबलीमा भएको प्रथम राष्ट्रिय शिखर वार बुदोकैदो कराँते प्रतियोगितामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका खेलाडीले ७ पदक जितेका छन् भने २ खेलाडी उत्कृष्ट भएका छन् ।
कात्तिक ११–१३ गतेसम्म भएको प्रतियोगितामा शुक्लाफाँटा नगरपालिका–१ स्थित शुक्लाफाँटा बुदोकैदो शाखा गणेशपुरबाट १४ खेलाडी सहभागी भएका थिए ।
प्रतियोगितामा ४० किलोग्राम तौल समूहमा भुवन विष्ट र ४५ किलोग्राम तौलमा पूर्णिमा खडायत उत्कृष्ट खेलाडी भएका छन् ।
प्रतियोगितामा २ खेलाडी ३० किलोग्राम तौलमा जितेन्द्र विष्ट र ३५ किलोग्राम तौलमा...