वीरगञ्ज बैठकपछि धमाधम पार्टी छाड्दै जसपा नेताहरू

जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद गहिरिँदै जाँदा नेताहरूले धमाधम पार्टी छाड्न थालेका छन् । वीरगञ्जमा बसेको जसपा उपेन्द्र यादव पक्षको केन्द्रीय समितिको बैठकले संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौजनालाई पार्टीबाट निष्कासन गरेपछि पार्टीको विवाद झन् गहिरिएको हो । योसँगै जिल्ला तथा केन्द्रका नेताहरू पार्टी छाड्दै अन्य पार्टीमा प्रवेश गर्न थालेका छन् । पार्टीकी कार्यकारिणी सदस्य रेणु यादवले वीरगञ्जबाट आफ्नो सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकी । उनी यसअघि पार्टीबाट भौतिक पूर