काठमाडौँ- इन्धनको मूल्य वृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई सरोकारवालाले दबाब दिएका छन् । तर तत्काल मूल्यवृद्धि फिर्ता गर्न नसकिने निगमले स्पष्ट पारेको छ । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कारमा निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमले पछिल्लो समय गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नहुने बताए । प्रवक्ता उपाध्यायले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिनु निगमको बाध्यता भएको भन्दै […]