प्रदेशको नाम ‘कोशी’ खारेजी र पहिचानको आधारमा नाम माग्दै आन्दोलनरत पहिचान पक्षधरले खोटाङमा किराँत फोर्स गठन गरेका छन् ।
दबाबमूलक आन्दोलन गर्दै आएको संयुक्त संघर्ष समितिले युवा परिचालन उपसमिति संयोजक निर्मल...
धनकुटा : धनकुटाबाट पहिचान पक्षधर नौजना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।नेकपा एमालेले शुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को प्रतिरोध स्वरूप यातायात बन्द गराउन पुगेका र शंकास्पद अवस्थामा रहेका १ नम्बर प्रदेश संघर्ष समिति संखुवासभा संयोजक वीरेन्द्र खारा राई, किरात राई यायोख्खा संखुवासभा सचिव उमाकुमारी राई, १ नम्बर प्रदेश संघर्ष समिति संखुवासभा अध्यक्ष कर्वि राई, किराँत राई, धनकुटा अध्यक्ष उद्धवमणि राई, किराँत याक्थुङ चुम्लुङ धनकुटा अध्यक्ष कम
विरोध प्रदर्शनमा उत्रिएका पहिचान पक्षधर युवामाथि भएको प्रहरी दमनको घटनाप्रति सत्तागठबन्धनमा आबद्ध खोटाङका चार राजनीतिक दलले ध्यानाकर्षण भएको जनाएका छन् । कोसी प्रदेशका खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोलाई पहिचान...
काठमाण्डाै – कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै विरोध गरिरहेका पहिचान पक्षधर र प्रहरीबीच विराटनगरमा झडप भएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो ।
झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही घाइते भएका छन् । प्रहरीले दर्जन बढी अश्रु ग्यास प्रहार गरेको छ ।
अहिले कोशी सभा सचिवालय अगाडि झडप भइरहेको छ । विराटनगरको स्थिति तनावग्रस्त छ । प्रदर्शन स्थलबाट किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई लगायतलाई प्रहरीले पक्राउ गरेको छ । राई पक्राउ परेसँगे पक्राउ...
मोरङ – विराटनगरमा कोशी प्रदेश खारेजीको गर्दै आएका पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा ३२ जना घाइते भएका छन्। घाइते हुनेमध्ये २७ जना सुरक्षाकर्मी र ५ जना आन्दोलनकारी रहेको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते सुरक्षाकर्मीमध्ये २४ जना नेपाल र ३ जना सशस्त्र प्रहरीका रहेका छन्। आन्दोलनकारीको ढुंगामुढा र आक्रमणबाट टाउको, खुट्टा तथा शरीरका […]
खोटाङ – किरात राई यायोक्खा खोटाङले आसन्न प्रदेश र संघीय निर्वाचनमा पहिचान पक्षधर उम्मेदवारलाई मतदानका लागि अपिल गर्ने निर्णय गरेको छ। बुधबार राती दिक्तेलमा सम्पन्न ८औं जिल्ला अधिवेशनले आगामी मंसिर ४ गते तोकिएको प्रदेश र संघीय निर्वाचनमा पहिचान पक्षधर उम्मेदवारलाई मतदानका लागि अभियान चलाउने घोषणा–पत्र जारी गरेको हो। जिल्ला समन्वय समितिको सभाहलमा बिहीबार पत्रकार सम्मेलनमार्फत […]