पाल्पा : घरमा दुई जनाको परिवार, दुवैजना बिरामी। बाहिर झमझम आकाशबाट पानी दर्किरहेको छ। घरभित्र पिउने पानीको अभाव छ।तानसेन नगरपालिका-२ मेहलधाराका ५५ वर्षीय भीमलाल भट्टराईको दुखेसो हो यो। धारामा पुगेर पानी घरसम्म ल्याउँदा एक घण्टा समय बित्छ। खानेपानीकै कारण बिरामी मान्छे झन् बिरामी भएको उनले सुनाए।तानसेन नगरपालिका–३ वसन्तपुरकी रामकुमारी रानाको पनि उस्तै दुखेसो छ। पैदल २ घण्टा हिँडेर खानेपानीको जोहो गर्नुपर्छ। यी दुई प्रतिनिधि पात्र मात्रै हुन्। जिल्लाको सदरमुकामसमेत रहेको तानसेनमा