काठमाडाैँ- जिल्ला ट्राफिक कार्यालय, बागलुङले आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गरी ७० लाख राजस्व सङ्कलन गरेको छ। जिल्ला ट्राफिक कार्यालयका अनुसार गत आवमा ११ हजार पाँच सय ५० सवारीसाधनका चालकलाई कारबाही गरिएको थियो। ट्रक, टिपर, बस, कार, जीप, ट्र्याक्टर र मोटरसाइकल नियमविपरीत सञ्चालनमा आएको पाइएकामा ट्राफिक प्रहरीले कारबाही गरेर उक्त राजस्व […]