काठमाण्डाै – रामेछाप र आसपासको क्षेत्रमा गुणस्तरीय बिजुली प्रवाहका लागि भौतिक संरचना तयार भएको छ । नेपाल विद्युत् प्राधिकरणले रामेछापको मन्थली नगरपालिका–१३ साँखे (फुलासी) मा रहेकाे नयाँ खिम्ती सबस्टेशनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सबस्टेशन पूर्वाधार सञ्चालनमा आएको छ ।
गर्ज्याङ–नयाँ खिम्ती १ सय ३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीयरूपमा बिजुली आपूर्तिका लागि निर्माण गरिएको सबस्टेशन हिजाे बिहीवारदेखि सञ्चालनमा ल्याइएको हो । सबस्टेशनमा ३० एमभीए क्षमताका दुई वटा र ३३/११ केभी...