काठमाण्डौ - अमेरिकामा कोरोना विरुद्धको खोप लगाउनेले एक सय डलर पाउने भएका छन् ।
राष्ट्रपति जो बाइडेनले खोप लगाउनेलाई सय डलर दिन सबै राज्यहरूलाई आह्वान गर्नु भएको हो । यो रकम रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सकिने बीबीसीले जनाएको छ ।
अमेरिकामा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण फेरि बढिरहेको भन्दै राष्ट्रपति बाइडेनले खोप लगाउन पनि आह्वान गर्नु भएको छ । बाइडेनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि खोपसम्बन्धी नयाँ निर्देशन जारी गर्नु भएको छ ।
निर्देशिका अनुसार अब कर्मचारीले खोपको दुई मात्रा लगाउनु पर्...