भारतको पूर्वोत्तर राज्य मणिपुरमा डेढ महिनादेखि हिंसा चर्किएको छ । जातीय आरक्षणको माग र त्यसको विरोधका कारण स्थानीय दुई जातिबीच हिंसा भड्किएको हो । मणिपुरका विभिन्न क्षेत्रमा महिनौंदेखि कर्फ्यु जारी छ । मोबाइल फोन तथा इन्टरेनट सेवा अवरुद्ध पारिएका छन् ।