नयाँ पुनर्बिमा कम्पनीको लाइसेन्सका लागि बिमा समितिले दिएको समयभित्र ५ कम्पनीले प्रस्ताव गरेका छन् । मंगलरबारसम्म अन्नपूर्ण रि, काठमाडौं रि, प्रडुन्सियल रि, हिमालयन रि, जेन्युन रि गरी पाँच कम्पनीले लाइसेन्सका लागि आवेदन दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौड्यालले जानकारी दिए ।
“समितिले दिएको समयसिमाभित्र पाँच कम्पनीको प्रस्ताव परेको छ,” उनले भने, “मूल्यांकनमा सबैभन्दा बढी नम्बर प्राप्त गर्ने एक कम्पनीले लाइसेन्स प्राप्त गर्छ ।”
समितिले २१ दिनको समय दिएर वैशाख १६ गते नयाँ पुनर्बिमा कम्पनीका लागि...