महान्यायाधिवक्ता खातीलाई आफ्नो उपस्थितिमा शपथ गराउन राष्ट्रपतिद्वारा अस्वीकार

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो उपस्थितिमा महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई शपथ गराउन अस्वीकार गरेकी छन् । राष्ट्रपतिले आफ्नो उपस्थितिमा राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्तालाई शपथ गराउन अस्वीकार गरेपछि सर्वोच्च अदालतमा नै शपथ हुने भएको छ ।

सम्बन्धित सामग्री

‘कोरोनाका कारण शीतल निवासमा सपथ ग्रहण नगरिएको हो’

काठमाडौँ- राष्ट्रपतिको कार्यालयले महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ राष्ट्रपतिको उपस्थितिमा हुन नसकेको विषयमा प्रस्टीकरण दिएको छ। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो उपस्थितिमा खातीलाई पद तथा गोपनीयताको शपथ गराउन अस्वीकार गरेकी थिइन्। राष्ट्रपति कार्यालयले उक्त कुरा यस अघि नै भएको नीतिगत निणयका कारण भएको उल्लेख गर्दै विज्ञप्ति जारी गरेको हो। स्वयम् राष्ट्रपतिले गराउने सपथ बाहेक अरु उपस्थितिमा […]

महान्यायाधिवक्ताको शपथ शितल निवास बाहिर गराउन भनेपछि विवाद

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई शितल निवास अन्यत्र शपथ गराउन भनेपछि विवाद उत्पन्न भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्ले नियुक्तिको सिफारिस गरेपछि राष्ट्रपतिले उनको नियुक्ति गरेकी थिइन्। नवनियुक्तको शपथ राष्ट्रपतिको रोहवरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गराउने तयारी भएको थियो। खातीलाई शपथ गराउँदा शितल निवास बाहिर गराउन भनेपछि तरंग आएको छ।

महान्यायाधिवक्ता खातीले सर्वोच्चमै शपथ लिने*

नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले सर्वोच्च अदालतमा शपथ लिने भएका छन् । पछिल्लो समय प्रधानन्यायाधीशले राष्ट्रपतिको उपस्थितिमा गराउने शपथ करोनाको कारण देखाएर राष्ट्रपति विद्यादेवी भण्डारी अनुपस्थित हुनथालेपछि सर्वोच्चमा गराउन थालिएको थियो ।