भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

१७ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । मुद्दा दायर हुनेमा श्रेष्ठसहित सव-इन्जिनियर दानबहादुर वुढ्थापा, सोरु गाउँपालिका ४ का तत्कालीन वडाध्यक्ष डवले शाही, दैरीखोला रावलवाडा तटबन्धन आयोजना उपभोक्ता समितिका अध्यक्ष हस्तवीर दमाई, सचिव लोकजङ्ग दमाई र […]