पुरुषमात्रै भएको तालिबान सरकारको विरोधमा महिलाको प्रदर्शन

काबुल र उत्तर पूर्वी अफगान प्रान्त बदख्शांमा दर्जनौं महिलाले अफगानिस्तानमा पुरुष प्रधान अन्तरिम सरकारको गठनको विरोध गरेका छन् ।यी प्रदर्शनकारीले महिलाको अनुपस्थितीको सरकार आफूहरुले स्वीकार नगर्ने बताएका छन् ।विरोध प्रदर्शन तितरबितर हुनुअघि केही महिलामाथि हातपात गरिएको पनि बताइएको छ । स्थानीय समाचार एजेन्सी एतिलाट्रोजका अनुसार र्यालीबारे जानकारी संकलन गरिरहेका केही पत्रकारलाई हिरासतमा लिइएको र कुटपिट गरिएको छ ।तालिबानले यी आरोपमाथि हालसम्म कुनै जवाफ दिएको छैन तर यस्तो प्रकारको प्रदर्शन अवैध भएको